बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • सिद्धबाबा नजिकै पहिरोमा परी चालकको मृत्यु
समाचार

सिद्धबाबा नजिकै पहिरोमा परी चालकको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । पाल्पा मित्याल–९ का ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो । उनी पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिक पहिरोमा परेका थिए ।

सुनारीलाई पहिरोसँगै तिनाउ नदीमा खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो । प्रहरीले उनको शव अहिले साँझ निकालेको छ । पहिरोका कारण सिद्धबाबा सडकखण्ड अवरुद्ध छ ।

चर्चामा

सम्बन्धित समाचार