बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • खोला तर्ने क्रममा बाढीले बगाएर तीन किशोरी बेपत्ता
समाचार

खोला तर्ने क्रममा बाढीले बगाएर तीन किशोरी बेपत्ता

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ । निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उहाँले बताउनभयो । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै