बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • बेलको फाईदा थाहा छ तपाईलाई ? बेलले कुन कुन रोगको उपचार गर्नु सकिन्छ ? जानी राखौँ
समाचार

बेलको फाईदा थाहा छ तपाईलाई ? बेलले कुन कुन रोगको उपचार गर्नु सकिन्छ ? जानी राखौँ

पेट दुख्ने रोगमा
बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान/बेलुका एक/एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान/बेलुका सेवन गरेमा तीन/चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा/झाडा लागेको पनि तीन/चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक/एक चम्चा बिहान/बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन/चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक/दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै