बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु
अन्तराष्ट्रिय

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

बेइजिङ, ४ असोजः चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउने वित्तिकै आफुहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।

विद्युतीय साइकलमा चार्ज गर्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार