मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • सङ्खुवासभा सा’मूहिक ह’त्या’का’ण्ड थप र’हस्यमय बन्दै, फेरि ६ जना पक्राउ
समाज

सङ्खुवासभा सा’मूहिक ह’त्या’का’ण्ड थप र’हस्यमय बन्दै, फेरि ६ जना पक्राउ

खाँदबारी, ४ असोज: गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक ह’त्या घ’टना र’हस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । ह’त्यामा सं’लग्न भएको आ’रोपमा प’क्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अ’नुसन्धान अघि बढाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर अ’नुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । ह’त्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अ’नुसन्धानमा सं’लग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नि’यन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

अ’नुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृ’तक रञ्जना कार्कीको मोबाइल फे’ला परेपछि प्रहरी अ’नुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अ’नुसन्धानको दा’यरामा ल्याएको बताइएको छ ।

घ’टनाको सातौँ दिन लोकबहादुरलाई प’क्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृ’तक रञ्जनाको ह’राएको मोबाइल प्रहरीले फे’ला पारेपछि अ’नुसन्धान टोली पुनः घ’टनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । ह’त्या आ’रोपमा प’क्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भे’टिएको थियो ।

रञ्जनाको मोबाइल घ’टना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घ’टनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घ’टनास्थल पुगेर पुनः अ’नुसन्धान सुरु गरेका छन् ।

घ’टनामा अन्य व्यक्तिको समेत सं’लग्नता भएको आ’शङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अ’नुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घ’टनास्थलमै थियो । ह’त्या आ’रोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई प’क्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वी’भत्स रूपमा सा’मूहिक ह’त्या गरेको आ’रोप छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार