मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • सात किमी नयाँ ट्रयाक सडक निर्माण
समाज

सात किमी नयाँ ट्रयाक सडक निर्माण

बागमती, ४ असोजः तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७/०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो ।

उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् । यसैबीच कार्यालयका अनुसार दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको मर्मतसम्भारको अघि बढाइएको छ ।

बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार