बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सुदूरपश्चिममा ह्वातै घट्यो कोरोना भाइरस सङ्क्रमणदर
स्वास्थ्य

सुदूरपश्चिममा ह्वातै घट्यो कोरोना भाइरस सङ्क्रमणदर

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार