बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • मन्त्री पण्डितमाथि भएको अभद्र व्यवहारप्रति जनजाति प्रतिष्ठानद्वारा दुःख व्यक्त
समाचार

मन्त्री पण्डितमाथि भएको अभद्र व्यवहारप्रति जनजाति प्रतिष्ठानद्वारा दुःख व्यक्त

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई लक्षित गर्दै भएको अभद्र व्यवहारप्रति दुःख व्यक्त गरेको छ । सञ्चालक परिषद्को १९औँ बैठकको समुद्घाटनका क्रममा शुक्रबार मन्त्री पण्डितमाथि प्रतिष्ठानसँग असम्बन्धित व्यक्तिले दुव्र्यवहार गरेको प्रतिष्ठानले जनाएको छ । उहाँ प्रतिष्ठानका सह–अध्यक्षसमेत हुनुहुन्छ ।

मन्त्री पण्डितले ‘नेपालको संविधानमा प्रत्याभूत भएका आदिवासी जनजाति, लोपोन्मुख र अतिसीमान्तकृतलगायत उत्पीडनमा परेका समुदायको हक अधिकारलाई सुनिश्चित गर्दै न्यायोचित माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको’ भन्ने भनाइ राखिरहँदा उहाँप्रति देखाइएको अलोकतान्त्रिक र अवाञ्छित गतिविधि लोकतान्त्रिक मूल्य मान्यताअनुरुप नभएको प्रतिष्ठानको ठहर छ ।

व्यवस्थापकीय असावधानीबस घटना हुन पुगेको र मन्त्री पण्डितमाथि पर्न गएको असरप्रति आत्मालोचना गर्ने निर्णय भएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर रानाले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै