मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • ऐन कानून जनताकै भावना अनुसार बनेका छन्ः मुख्यमन्त्री भट्ट
सुदुर पश्चिम प्रदेश

ऐन कानून जनताकै भावना अनुसार बनेका छन्ः मुख्यमन्त्री भट्ट

डोटी, ३ असोजः सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ “संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने छ ।” (रासस)

चर्चामा

सम्बन्धित समाचार