बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • पहिरोले घर पुरिँदा भोजपुरमा तीन जना बेपत्ता
समाचार

पहिरोले घर पुरिँदा भोजपुरमा तीन जना बेपत्ता

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै