मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • नेकपा एमालेका उपाध्यक्ष रावलले भने एमाले एक ढिक्का छ
राजनीति

नेकपा एमालेका उपाध्यक्ष रावलले भने एमाले एक ढिक्का छ

गोदावरी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताए । हिजो धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताए ।

उनले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गरे । फरक प्रसङ्गमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने बताए ।

एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको उनको भनाइ छ । उनले नेकपा (एकीकृत समाजवादी) मा लाग्न विकास योजना र पद दिन खोजिएको उल्लेख गर्दै उनले आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताए ।

उनले भने, “कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।”उनले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गरे । रावल आफ्नो गृह जिल्ला अछामसहितका जिल्ला भ्रमणका लागि यहाँ आइपुगेका हुन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै