मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • आफैँले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ
राजनीति

आफैँले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ

काठमाडौँ, २९ भदौ: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गर्नुभएको छ ।

पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गर्नुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै