मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • हिमाल सागरको स्वरमा पूर्ण र लक्ष्मी फिचर्ड ‘एकदेशको कथा’ सार्वजनिक (भिडियो)
भिडिओ

हिमाल सागरको स्वरमा पूर्ण र लक्ष्मी फिचर्ड ‘एकदेशको कथा’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन् । अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो।

निर्माण टिमले जानकारी गराए अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर गरिएको थियो । महँगो लगानीमा निर्मित यस गीतको म्युजिक भिडियोमा वेवशायी तथा मोडल पूर्ण लम्सालको साथमा लक्ष्मी ओली फिचर्ड छन् । प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् । यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन्।

पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक हिमाल सागर संगको सहकार्यमा मोडल लम्साल अभिनित ‘तिमी छौ र’ , ‘भुलिदेउ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। भिडियो लिंक:

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै