मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग
प्रवास

निर्धारित मितिमा एनआरएनएको महाअधिवेशन गर्न माग

बर्लिन, २९ भदौः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्धारित मितिमा एनआरएनएको १०औँ महाअधिवेशन एवं निर्वाचन सम्पन्न गराउन नेपाल सरकारसँग माग गर्नुभएको छ ।

जर्मनीस्थित रासस प्रतिनिधि दीपक धितालसँग कुराकानी गर्दै उहाँले वर्तमान कार्यसमितिले संस्थागत सुधारका लागि विशेष अधिवेशन गरेर नयाँ विधान संशोधन गरेको र त्यही विधानका आधारमा महाधिवेशन गर्न लागेकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली मात्र सार्वजनिक भएको छ । दाबी विरोधको समय छ । ” (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै