मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • साल अड्किएकाले अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु
स्वास्थ्य

साल अड्किएकाले अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

सोलुखुम्बु । अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिनुभएकी राईको सोमबार बिहान मृत्यु भएको थियो । साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताउनुभयो ।

तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताउनुभयो । अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै