बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सरकार पाँच वर्ष चल्न दिनुपर्छः अध्यक्ष थापा
समाचार

सरकार पाँच वर्ष चल्न दिनुपर्छः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आफ्नो पाँच वर्ष अवधिसम्म सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले कुनै पनि बहाना वा आन्दोलनबाट सरकारलाई असफल वनाउने कार्य उचित नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भए पनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारको नेतृत्वले मुलुकमा साना तथा ठूला जोसुकै भष्टाचार गर्नेलाई हिम्मतीलो भएर कारवाही गर्ने कार्यमा आफ्नो पार्टीको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले विप्लव समूहलाई हिंसाको बाटो छाडेर वार्तामा आउन आह्वान गर्नुभयो । उहाँले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिका रुपमा मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गर्नुभयो । भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागत योग्य भए पनि फिर्ता लिएको प्रति दुखः व्यक्त गर्नुभयो । उहाँले शनिबार धनकुटामा जिल्ला कार्य समितिको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै