मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाहीः नेपाल राष्ट्र बैंक
अर्थ/वाणिज्य

नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाहीः नेपाल राष्ट्र बैंक

काठमाडौँ, २४ भदौः नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ “हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै