बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पहिरोसँगै आएको ढुङ्गाले लागेर १६ वर्षीया कौशिलाको मृत्यु
समाचार

पहिरोसँगै आएको ढुङ्गाले लागेर १६ वर्षीया कौशिलाको मृत्यु

आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १०ः०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत् हुनुहुन्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार