मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • कमेडी च्याम्पियनका भरतमणिलाई गृह जिल्ला ताप्लेजुङमा भब्य स्वागत
मनोरञ्जन

कमेडी च्याम्पियनका भरतमणिलाई गृह जिल्ला ताप्लेजुङमा भब्य स्वागत

फुङ्लिङ, २२ भदौः कमेडी च्याम्पियन–२ को उत्कृष्ट फाइनलिष्टमा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो ।

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उहाँलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गर्नुभएको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै