मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • तल्लो मोदीको उत्पादन पाँच दिनदेखि ठप्प
सूचना/प्रबिधि

तल्लो मोदीको उत्पादन पाँच दिनदेखि ठप्प

पर्वत, २१ भदौ : यहाँको कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण विगत पाँच दिनदेखि उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पुर्याएको छ । बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ । पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ ।

पहिराले आयोजनामा रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिनुभयो । यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पुर्याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै