मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण
प्रदेश १

प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण

विराटनगर, २० भदौ: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चार/चार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुई/दुई, पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेशबाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै