मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • विद्युत्को खम्बाबाट खसेर कामदारको मृत्यु
सूचना/प्रबिधि

विद्युत्को खम्बाबाट खसेर कामदारको मृत्यु

ओखलढुङ्गा, १९ भदौ: विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो ।

मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत्को तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै