मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • निर्माता पुत्र देल्बिस र राज रोहन कला क्षेत्रमा दमदार इन्ट्री गर्दै
मनोरञ्जन

निर्माता पुत्र देल्बिस र राज रोहन कला क्षेत्रमा दमदार इन्ट्री गर्दै

काठमाडौँ। नेपाली चलचित्र तथा संगीत क्षेत्रमा दोश्रो पुस्ताको राम्रै उपस्थिति देखिइ रहेको समयमा निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्दै छन् । घर परिवारबाट नै कला क्षेत्रमा लाग्ने र अघि बढ्ने प्रेरणाका साथ यी दुई ह्यान्डसम युवाहरु यस क्षेत्रमा प्रवेश गर्दैछन् ।

यी दुइ छिट्टै एउटा म्युजिक भिडियो मार्फत कला क्षेत्रमा प्रवेश गर्दै छन् । नियमित रुपमा चलचित्र निर्माणमा लागी रहेका निर्माता द्वय दर्शनधारी र राईको निर्माणमा चलचित्र बागमती र एउटा यस्तो प्रेम कहानी प्रदर्शन भई सकेको छ भने नयाँ चलचित्रको निर्माण कार्य पनि प्रारम्भ भई सकेको छ ।

यी दुईलाई छिट्टै ठुलो पर्दाको चलचित्रमा पनि डेब्यु गराउने ट्री मिडियाका प्रबक्ताले बताए । नृत्य र अभिनयको पनि यी दुबैले निरन्तर प्रशिक्षण लिई रहेका छन् । मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले जस्तै दुबैको टिम अपमा निरन्तर अघि बढ्ने यी दुइको योजना रहेको छ । सफल चलचित्रकर्मीका छोरा छोरीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रै स्थान बनाई रहेका छन् ।

घर परिवार बाट नै चलचित्र क्षेत्रमा लाग्न प्रेरित गर्नु भनेको अझै सुखद कुरा हो । चलचित्रकर्मीको छोरा छोरी भएर मात्र होइन आफुमा क्षमता पनि भएकोले यो क्षेत्रमा अघि बढ्न लागेको देल्बिस र राज रोहनले बताए । अन्य पेशामा जस्तै कला क्षेत्रमा लागेर पनि आफ्नो करियर अघि बढाउन सकिने उनिहरुले बताए । यी दुई मोभिल्याण्ड ग्रुप अफ कम्पनिको बोर्ड अफ डाइरेक्टर समेत हुन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै