मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • पाल्पा–बुटवल सडक बन्द हुने
समाचार

पाल्पा–बुटवल सडक बन्द हुने

रामपुर, पाल्पा, १७ भदौः सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुनेभएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार सडक बन्द गरिने भएको हो ।

बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग क्षेत्रमा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ ।

राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ । पटकपटक सिद्धार्थ राजमार्गअन्र्तगत पाल्पा–बुटवल सडकखण्डमा पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै