सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • खोलाले बगाएर आठ वर्षीय राई बेपत्ता
समाचार

खोलाले बगाएर आठ वर्षीय राई बेपत्ता

पाँचथर । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।

अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै