मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • सुनसरी गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन
समाचार

सुनसरी गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन

इनरुवा, १७ भदौ: सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उहाँको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो ।

चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुहुनुभएको थियो । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै