मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८, उत्कृष्ट ५ मनोनयन सार्बजनिक
मनोरञ्जन

आठौं छायाँछवि तीज म्यूजिक अवार्ड २०७८, उत्कृष्ट ५ मनोनयन सार्बजनिक

नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ ।

मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेका छन् । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ ।

यहि तीजको परम्परालाई कायम राख्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड २०७८ को आयोजना गर्न लागिएको हो । तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या बिगतका बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा/सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धनसँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको आठौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।

तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागि सम्पूर्णमा साधुबाद । अवार्ड कार्यक्रम भाद्र २१ गते स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन यस प्रकार छन् :
१. उत्कृष्ट तीज गीत मिक्सीङ
१. मनोज परीयार : सानीमाया
२. पवन विश्वकर्मा : माइतीको घर
३. मनोज परियार : पातली –३
४. राजु कार्की : सिङ्गापुरे साडी
५. विपिन आचार्य : हाइ मेरो जीन्दगी
२. उत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी : गर्छु माया गर्छु
२. पवन विश्वकर्मा : माइतीको घर
३. राकेश सोनी : घिन घिन मादल
४. राजेन्द्र बजगाई : फूलै फूल्यो तिउरी
५. झलक संगीतम् : रीमझिमे झरी

३. उत्कृष्ट तीज गीत नव गायिका
१. सकुना श्रेष्ठ मलेकु : माइतीको आगन
२. शिलाश्मा हमाल : झीलीमाई
३. विन्दु विसी : घिन घिन मादल
४. सरिता सुनार : लोभी बुढा
५. सारदा धिताल : सिङ्गापुरे साडी
४. तीज गीत मोडल पुरुष
१. राजेन्द्र लोहनी : लकडाउनले
२. दीपेन्द्र तिमील्सीना : पारी वन हरियो
३. अभिषेक खड्का : कलकन्ते काइयो
४. सुमन परियार : जुल्फि पालेको
५. रमेश थापा : मामली तनहुँ
५. तीज गीत मोडल महिला
१. अञ्जु सुनार : माईतीको आगन
२. साक्षी लम्साल : आँखा गयो नयाँ चिजैमा
३. रोविशा रसाइली : गर्छु माया गर्छु
४. करिश्मा ढकाल : थोपडाले धोका दीयो
५. टीका जैशी : डालीमा पुतली भुरुभुरु
६. उत्कृष्ट तीज गीत छायांकार
१. मुकेश हुमागाई : आँखा गयो नयाँ चिजैमा
२. प्रकाश खड्का : हङकङको साडी –२
३. दुर्गा पौडेल : कुरा काटन
४. रोनिश तामाङ : यसपाली त सोह्रै
५. अजय रेग्मी : टीकटक चलाउने
७. उत्कृष्ट तीज गीत सम्पादक
१. विनोद वम : आँखा गयो नयाँ चिजैमा
२. राजकुमार मगर : हङ्कङ्को साडी –२
३. विष्णु शर्मा : सानी
४. सुरेश राउत : सालको पात
५. प्रकाश धमला : अली अली लजाउदै
८. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. स्मृति तिमील्सीना : अलि अलि लजाउदै
२. दिपेद्र तिमील्सीना : पारी वन हरीयो
३. केशवराज भट्ट : झिलिमाई
४. राजीव बलामी : फुलै फूल्यो तिउरी
५. स्मृति तिमील्सीना : सिङ्गापुरे साडी

९. उत्कृष्ट तीज गीत भीडियो निर्देशक
१. देवेन्द्र पाण्डे : टीकटक चलाउने
२. सुरेन्द्र वसेल : यस पालीको तीजमा
३. सुमन सागर जंग केसी : जम्का भेट
४. प्रकाश धिताल : झिलीमाई
५. होम गुरुङ : मुग्लिन
१०. उत्कृष्ट तीज गीत शब्द
१. ज्योति गुरुङ : परदेशको छोरी
२. राकेश सोनी : घिन घिन मादल
३. शिताष्मा भुषाल : स्वामीकी प्यारी
४. रमेश परियार : माईती देशैँको
५. शुष्मा शाही ठकुरी : सानी
११. उत्कृष्ट तीज गीत लय
१. एच वि सुनार : माईतीको आगन
२. रमेश परियार : माईती देशैको
३. ऋतु कँडेल : अलि अलि लजाउँदै
४. राकेश सोनी : गर्छु माया गर्छु
५. भुवन प्यासी : मखमली
१२. उत्कृष्ट दोहोरी तीज गीत गायिका
१. भुमिका शाह : वाटुला
२. भावना आचर्य : टीकटक चलाउने
३. रमीला न्यौपाने : नाई भन्न पाईदैन
४. पुर्णकला बिसी : धिपी धिपी बत्ती
५. चिजा तामाङ : तारा जुन
१३. उत्कृष्ट दोहोरी तीज गीत गायक
१. भागीरथ चलाउने : थोपडाले धोका दियो
२. सम्राट चौलागाई : सम्झीने पानी छम्किने
३. खेम सेञ्चुरी : धिपी धिपी बत्ती
४. खुमन अधिकारी : अब होला केही
५. भुवन प्यासी : मखमली
१४. उत्कृष्ट तीज गीत गायिका
१. मन्जु उपासना : माईतीको आगन
२. ऋतु कडेल : अलि अलि लजाउँदै
३. दीया नेपाल : पिलासे चोली
४. सुनिता दुलाल : परदेशकी छोरी
५. रोशनी रसाईली : गर्छु माया गर्छु

१५. उत्कृष्ट मौलिक तीज गीत गायिका
१. सुनिता दुलाल : स्वामीकी प्यारी
२. कल्पना काफ्ले : कम्मरै ढलमल
३. स्मृती गौतम : माईती देश
४. कला लम्साल : पातली –३
५. उमा श्रेष्ठ : तीजैको मेला

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै