मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
  • होमपेज
  • गण्डकीमा ४९६ सङ्क्रमित थपिए, १२ जनाको मृत्यु
गण्डकी प्रदेश

गण्डकीमा ४९६ सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

गण्डकी, ९ भदौ: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३९८ जना रहेको छ भने होमआइसोलेसनमा चार हजार आठ जना छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै