शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु
समाचार

ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७:३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै