मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • जातीय विभेद् गर्नेलाई तीन महीना कैद
समाचार

जातीय विभेद् गर्नेलाई तीन महीना कैद

जिल्ला अदालतले जातीय विभेद् गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महीना कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो । जातीय भेद्भाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसहिंता २०७४ को दफा १६६ को (२) बमोजीम कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आर्चायले बताउनुभयो ।

तत्कालिन युद्घमा भूमिगत छदै शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गर्नुभएको थियो । शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु डिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछुत गरेको भनि शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गर्नुभएको थियो । प्रतिवादी डिलबहादुरले जातीय छुवाछुत कसुर गरेको देखिन आएको हुँदा उहाँलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार