मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
विविध

गर्भबाटै का’रागार जीवन

चितवन, १८ साउनः जिल्ला का’रागार चितवनमा यहाँका दुई बालिका गर्भबाटै बन्दी जीवन बिताउन बाध्य भएका छन् । गर्भवती अवस्थामा का’रागार च’लान भएर ब’न्दी जीवन बिताइरहेकी दुई आमाले कारागारमै बच्चा जन्माएकी हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन आश्रित बालिका रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । ला’गु’औ’ष’ध मु’द्दा’मा पाँच वर्ष कै’द स’जा’य पाएकी अनामिका (नाम परिवर्तन) का’रागार च’लान हुँदा पेटमा दुई महिनाको बच्चा थियो ।

उनी का’रागार गएपछि सात महिनामा छोरीलाई जन्म दिइन् । अहिले ती बालिका दुई वर्ष पुग्न लागेकी छिन् । बालिकाले अहिलेसम्म बाबुको काखमा खेल्न पाएकी छैनन् । बालिकाले अहिले घरनै का’रागारलाई मान्ने गरेको भन्दै अनामिकाले भनिन्, “मैले गरेको नराम्रो कामका कारण मेरो अ’बोध बच्चा पनि चार दिवारमा थुनिनुपरेको छ ।” उनका श्रीमान् समय समयमा छोरी र श्रीमतीको अ’वस्था बुझ्न का’रागार आउने भए पनि कोरोनाका कारण छोरीलाई लिन पाएका छैनन् । उहाँले भन्नुभयो, “भेटघाटमा आउँदा देख्ने गरेको भए पनि बाबु यहि हो भन्ने बारेमा अहिलेसम्म पनि ज्ञान छैन ।”

भर्खर तोते बोल्न लागेकी छोरीले बाबा भनेर बोल्दै गर्दा आफूलाई आ’त्म’ग्लानी भएर आउने उहाँले बताउनुभयो । का’रागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले का’रागारभित्र बालबालिकाका लागि आवश्यक स’म्पूर्ण सुविधा पर्याप्त नभए पनि मायामा भने कमी हुन नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाले घरमा जस्तो खेल्ने कुरा खेल्न र आफन्तको माया नपाए पनि अन्य कुरामा कुनै समस्या छैन ।” बालबालिकाको हकमा तीनदेखि पाँच वर्षसम्म मात्र यहाँ रहने भन्दै उहाँले तीन वर्ष पुगेपछि घर परिवारको जिम्मा लगाउने, घर परिवार नभए विभागले तोकेको संस्थामा पठनपाठनका लागि पठाउने गरेको बताउनुभयो ।

का’नूनअनुसार बालबालिका पाँच वर्षसम्म आमाको काखमा बस्न पाउने भएकाले त्यसपछि भने कुनै न कुनै विकल्पको खोजी गरिने उहाँको भनाइ छ । अहिले का’रागारमा ६७४ जना कै’दी’ब’न्दी छन् । तीमध्ये ४८ महिला छन् । ती महिलासँग आ’श्रित तीन जना बालिका रहेका छन् । यसैगरी ६२६ पुरुष कै’दी’ब’न्दी रहेका छन् । का’रागारमा २५५ पुरुष र २५ महिलाको क्ष’मता रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै