मंगलबार, अशोज ५, २०७८ | Tuesday 21st September 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५०० रुपैयाले घटेको हो । शुक्रबार नेपाली बजारमा तोलाको ९२ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले कमि आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४०० र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० निर्धारण भएको छ ।सुनको मूल्य घटेतापनि चाँदीको मूल्यमा भने केही परिवर्तन भएको छैन । चाँदीको मूल्य तोलाको १ हजार २८५ मा कारोबार भइसकेको महासंघले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै