शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • सोनू सूद जब ५ हजार बोकेर मुम्बइ पसेका थिए ……….त्यसपछि
मनोरञ्जन

सोनू सूद जब ५ हजार बोकेर मुम्बइ पसेका थिए ……….त्यसपछि

३० जुलाई १९७३ मा सोनू सूदको जन्म पञ्जाबको मोगा गाउँमा भएको थियो । शूरुवाती पढाई पछि इन्जिनियरिंगको लागि उनी नागपुर पुगेका थिए । त्यहाँ पुगेपछि उनको मन अभिनय तिर लाग्यो । सोनुले मात्रै ५ हजार रुपैया लिएर मुम्बई पुगेका थिए । उनको करियरको सुरुवात तमिल फिल्म कल्लाझागर बाट भएको थियो । उनले बलिउडमा भने शहीद ए आजम बाट प्रबेश पाएका थिए । सोनूले यस फिल्ममा शदीद भगत सिंहको भुमीका निर्बाह गरेका थिए ।

फिल्ममा सोनू धेरै प्रकारको रोलमा देखिएका थिए । उनले कहिले हसाँउने, कहिले मुख्य अभिनेता त कहिले भिलेनको रुपमा आफुलाई उभ्याउन सफल भए । तर उनको भिलेनको रोल धेरैले रुचाए । दबंग, सिम्बा जस्ता फिल्ममा सोनूले भिलेनको रोल प्ले गरेका थिए जस्लाई दर्शकले खुब रुचाएका थिए ।

तर यी पर्दाका भिलेन असल जिन्दगीको रियल हिरोको रुपमा अहिले देखिएका छन् । यो कोरोना महामारीको बेला उनी हरेक निमुखा र असहायको सहारा बनेर निस्किएका छन् । उनलाई अहिले सबै भारतीय जनताले भगवान मानेर पुजी रहेका छन् । उनको हिजो जन्म दिन भए पनि उनले आमाको निधन पछि आफ्नो जन्म दिन मनाउन छोडेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै