शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित
प्रदेश १

प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित

विराटनगर, १२ साउनः प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ।

आज २०२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै