मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ सार्वजनिक (भिडियो सहित)
भिडिओ

गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् ।

मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । दिपक मैथाने मगरको शब्द विलान थापाको संगीत साथै एरेन्ज गीतमा रहेको छ । भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठले भिडियोमा निर्देशन तथा सम्पादन गरेका छन । ‘बैगुनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै