शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • कानूनविद् दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
स्वास्थ्य

कानूनविद् दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ, ६ साउन: संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो । कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।

उहाँलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो । कानूनविद् दाहालका दाजुले रासससँग कुरा गर्दै भन्नुभयो, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।” (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै