शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • चितवनमा खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा सन्दीपको मृत्यु
समाज

चितवनमा खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा सन्दीपको मृत्यु

चितवन, ३ साउनः खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै