शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • प्रदेश नं २ मा दुई मन्त्रीले दिए राजीनामा
प्रदेश २

प्रदेश नं २ मा दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम, २ साउनः प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुको राजीनामा स्वीकृत गरी दुवै जनालाई आजै बिदाइ गर्नुभएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउनका लागि मार्ग प्रशस्त गर्न दुवै जनाले राजीनामा दिनुभएको बताइएको छ । नेकपा माआओदी केन्द्र आजै सरकारमा सहभागी हुनेछ । सो पार्टी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र रुवि कर्णलाई राज्यमन्त्री पदमा शपथ गराइने कार्यक्रम रहेको बताइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै