मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • “म बोल्छु” भन्दै युवा सडकमा
दैनिक नेपाल बिशेष

“म बोल्छु” भन्दै युवा सडकमा

इटहरी, बर्तमान समयमा देशमा मौलाएको   भष्ट्राचार ,अनियमितता  र बड्दो सत्ता खिच्चातानी विरुद्ध  इटहरीको  गोलो चोकमा प्रदर्शनी  भएको छ | “म बोल्दैछु अब तपाई नि बोल्नुहोस”, म पैदल हिन्दै कर तिरेर आए सरकार करौडौको सवारीमा थिए, छाक कटाएर कर तिर्छु सरकार तिमि आफ्नालागि महल बनाउ, म बोल्छु अब मौनताले देश डुब्यो, युवा खाडीमा मन्त्रि ज्यु करौडौको  गाडीमा, अब चुप बसे न नेपाल रहन्छ न नेपाली, मेरो अनि हाम्रो मौनता भ्रष्टाचारिका लागिका लागि हिम्मत भयो, |

देशले गुहारी रहेको छ, र अब अत्ति भयो, अब त बोल्छु जस्ता नारा युवाले पम्पलेटमा लेखेर मौन उभिएका हुन् | उक्त कार्यक्रमका अभियन्ता  शम्भु राई अनुसार “एउटा समुह देश लुट्न व्यस्त छ भनी आम जनाता त्यो देखेर पनि चुपचाप छन र  देश लुट्नेका लागि त्योनै शक्ति बनेको र आफु संचेत हुदै जनतालाई जनचेतना  जगाउने कार्य भएको बताएका हुन् | कार्यक्रममा ४० भन्दा माथि युवाको सहभागिता थियो |

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार