मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • नङ फुल्दा के हुन्छ ? जानी राखौँ
विचित्र संसार

नङ फुल्दा के हुन्छ ? जानी राखौँ

काठमाडौं । केटाकेटी युवायुवती वा बुढाबुढी सबैको औलाको नङ फुलेको पाइन्छ । बालबालिकाहरु नङ फूले नयाँ लुगा लगाउन पाइन्छ भन्दै रमाउँछन्। के साँच्चै नङ फुल्नु सौभाग्यको सूचक हो रु केही प्रचलित मिथकः हालतका सबै नङ एकैपटक फूले त्यसले व्यक्ति ठुलो मानसिक संघर्ष झेल्दैछ र उक्त व्यक्ति भविष्यमा बिरामी पर्छ भन्ने संकेत हो ।

दायाँ वा बायाँ हातको बुढी औलाको नङ फुले त्यसले निकट भविष्यमै प्रेम मिलनको संके गर्छ भने नङमा काला टिकाहरु देखिएविपरीत फल भोग्नुपर्ने हुन सक्छ । साहिँली औंलाको नङ फूले मानसम्मान धन तथा यश प्राप्तिको योग बन्छ । त्यसको विपरीत काला छिटाहरु देखिए अपमान, अपजस तथा बदनामीको सामना गर्नुपर्ने हुनसक्छ।

कान्छी औलाको नङमा देखिने सेता दाग व्यापारमा लाभ तथा लक्ष्य प्राप्तिमा अनुकुलताको सूचक मानिन्छ । काला दागले भने त्यसको विपरीत फलको संकेत गर्दछ । चोरी औंलाको नङ फुले प्रेम विजय, मानसम्मान तथा धन प्राप्तिको संकेत मिल्छ । यसको विपरीत काला छिटाहरु देखिए धन तथा मानहानी हुनसक्छ ।

माझी औलाको नङ फुले यात्राको योग परेको मानिन्छ । त्यसविपरीत काला छिटाहरु देखिए यात्रामा नोक्सानी तथा दुर्घटनासमे भोग्नुपर्ने हुन सक्छ । नङ पँहेलो देखिए व्यक्तिको स्वास्थ्यको दृष्टिले प्रतिकुल अवस्थामा रहेको मानिन्छ । यसैगरी रातो तथा नीलो रंग देखिनु पनि अशुभ मानिन्छ । फुलेको नङको प्रभाव बढीमा पाँच महिना रहने विश्वास छ । –एजेन्सी

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै