मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • क्रिकेटर सन्दिप लामिछानेद्वारा पहिरो प्रभावितलाई सहयोग
खेलकुद

क्रिकेटर सन्दिप लामिछानेद्वारा पहिरो प्रभावितलाई सहयोग

सिन्धुपाल्चोक, १४ असारः नेपाली लेग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदिका पहिरोपीडितलाई सहयोग गर्दै । गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउनका लागि आवश्यक सामग्री सहयोग गर्नुभएको हो । सोमबार चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा जस्ता, फलामे ट्रस, पोल लगायत छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद् व्यवस्थापन समितिको पहलमार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिनुभयो । तस्वीर देवराज सुवेदी/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार