मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित
खेलकुद

त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित

काठमाडौँ, १० असारः नेपालले खेल्ने तय भएको स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएको छ । आगामी महिना स्पेनमा हुने तालिका निर्धारण भएको सो सिरिज कोभिड –१९ का कारण स्थगन गरिएको हो ।
सो सिरिज सन् २०२२ को जुलाइसम्मका लागि स्थगन भएको नेपाल क्रिकेट संघ(क्यान)का सचिव अशोकनाथ प्याकुर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सिरिजका लागि मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बन्द प्रशिक्षण शुरु भएको थियो ।

बन्द प्रशिक्षणका लागि प्रधानमन्त्री कप र मेयर कपमा गरिएको खेल प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरिएको थियो । प्रशिक्षण दिन श्रीलंकामा रहनुभएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर गत साता नेपाल आउनुभएको थियो । नेपालले हालसम्म लिगमा चार खेल खेल्दै चार अंक जोडेको छ । लिग दुईमा नेपालसहित ओमान, युनाइटेड अरब इमिरेट्स, अमेरिका, नामिबिया, स्कटल्याण्ड र पपुवा न्युगिनी छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार