बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • माटोको ढिस्कोले पुरिँदा २५ वर्षीया शर्मिलाको घटनास्थलमा नै मृत्यु, तीन घाइते
समाचार

माटोको ढिस्कोले पुरिँदा २५ वर्षीया शर्मिलाको घटनास्थलमा नै मृत्यु, तीन घाइते

माटोको ढिस्कोले पुरिँदा एक जनाको घटनास्थलमा नै मृत्यु गएको छ भने अरू तीन जना घाइते भएका छन् । माटोको ढिस्कोले पुरिएर सुनकोशी गाउँपालिका–६ आमपानी बस्ने अन्दाजी २५ वर्षीया शर्मिला रम्तेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घटनामा सुनकोशी गाउँपालिका–६ आमपानी नै बस्ने अन्दाजी ३६ वर्षीया बिमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकुमाया रम्तेल घाइते भएका छन् । घाइतेमध्ये विमलाको अवस्था मध्यम रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको सुनकोशी गाउँपालिका–६ आमपानीमा घर पोत्ने रातो माटो लिन चारै जना गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार