मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
समाचार

निउरो टिप्न जाँदा …

भरतपुर,८ असारः जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बा’घको आ’क्र’मणबाट सोमबार एक महिलाको ज्या’न गएको छ । मृ’त्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आ’क्र’मण गर्दा अधिकारीको मृ’त्यु भएको हो ।

मृतक अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए । साथै स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तो’डफो’ड र आ’ग’जनी गर्दा केही समय सो क्षेत्र त’ना’बग्र’स्त बनेको थियो । आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बा’घको आ’क्र’मणबाट अकालमा मृत्यु भइसकेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै