बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • तराईका जिल्लाबाट झोलुङ्गे पुलको माग
समाचार

तराईका जिल्लाबाट झोलुङ्गे पुलको माग

पहिले पहाडी जिल्लाबाट मात्रै झोलुङ्गे पुलको माग हुने गरेकामा केही वर्षयता तराईका जिल्लाहरुमा समेत झोलुङ्गे पुलको माग हुन थालेको छ । जनचेतना बढेसँगै तराईमा झोलुङ्गे पुलको माग बढिरहेको हो । तराईका धेरै ठाउँमा माग भइरहे पनि त्यस स्थानमा साँच्चै आवश्यक देखिएमा मात्रै निर्माण अघि बढ्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

स्थानीयस्तरमा माग भएकामा विभागले पहिले त्यस स्थानमा आवश्यक हो/होइन भन्ने अध्ययन गर्ने विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कम्तीमा एक घण्टा आसपास अर्काे झोलुङ्गे पुल नभएको र खोला ठूलो भएर तर्न नसकिने लगायतका कारण हेरेर मात्रै विभागले स्वीकृति दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आएका माग मध्येबाट कुन कुन बढी आवश्यक छ भन्ने हेरेर मात्रै योजना अघि बढाउने गरेका र्छौँ ।”

तराईका कतिपय नदीमा हिउँदमा सुक्ने भए पनि बर्सातमा तर्न नसकिने महानिर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कतिपय नदी सानो देखिए पनि फिजारिएकाले स्थानीयवासीले बर्सातमा वारपार गर्न नसक्ने हुँदा निर्माण हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तराईमा कतिपय नदी सानो भए पनि बर्सातमा जनजीवन पूरै प्रभावित हुन्छ ।” विभागले देशभर झोलुङ्गे पुलको निर्माण गर्दै आएको छ । १२० मिटरभन्दा कम लम्बाइको पुल स्थानीय तह र त्योभन्दा लामो सडक विभागले निर्माण गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार