मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • मुख्यमन्त्री नेपालीलाई परिवर्तन नेपालको १३ बुँदे ज्ञापनपत्र
गण्डकी प्रदेश

मुख्यमन्त्री नेपालीलाई परिवर्तन नेपालको १३ बुँदे ज्ञापनपत्र

गण्डकी, ६ असारः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल समक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधारणलाई केभिड–१९ को खोप उपलब्ध गराउन यथाशीघ्र पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा कोभिड–१९ को रोगथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाको कारण अप्ठेरोमा परेका सर्वसाधारणका लागि सहुलियत पसल सञ्चालन गर्नुपर्ने, समुदायका अतिविपन्न परिवारलाई अस्थायी रासन कार्डको व्यवस्था गर्नुका साथै घरभाडामा पनि केही छुटको व्यवस्था मिलाउन पहल गर्नुपर्ने उल्लेख छ ।

संस्थाका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठ र सचिव हरि कार्कीद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा महामारीका समयमा गरिएका कार्यक्रमको साप्ताहिक रुपमा विवरण सार्वजनिक गर्नुपर्ने, स्वास्थ्य विमालाई सर्वसुलभ एवं प्रभावकारी बनाउनुपर्ने, कोरोना भाइरसबाट प्रभावित व्यवसायीलाई छ महिनाको व्याज छुटसहित त्यसपछि सहुलियत दरमा ऋण उपलव्ध गराउनु पर्ने उल्लेख छ ।

प्रदेशका मन्त्री तथा प्रदेशसभा सदस्यहरुले उपचार सेवा सरकारी अस्पतालबाटै लिनुपर्ने, सार्वजनिक तथा निजी शैक्षिक संस्थाले एक जना नर्स दरवन्दी कायम गर्नुपर्नेमा जोड दिंदै ज्ञापनपत्र मार्फत माग गर्दै महामारीको बेला अग्रपङतीमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मीलगायतलाई नि:शुल्क खाद्यान्न एवं स्वास्थ्य सेवाको व्यवस्था मिलाइनु पर्नेमा जोड दिइएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका शैक्षिक संस्थाले विगत १८ महिनासम्म परीक्षा सञ्चालन नगरेको कारण आम विद्यार्थीहरु ठूलो मर्कामा परेकाले कुनै पनि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्दै भिडभाड कम हुने प्रकृतिका व्यवसायहरुलाई यथाशीघ्र सञ्चालनको लागि पहल गर्न माग गरिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार