मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • मेलम्ची नगरपालिकाकी २३ बर्षिया गर्भवतीको हेलिकप्टरमार्फत उद्वार
फोटो ग्यालरी

मेलम्ची नगरपालिकाकी २३ बर्षिया गर्भवतीको हेलिकप्टरमार्फत उद्वार

सिन्धुपाल्चोक, ५ असार । गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । मेलम्ची नगरपालिका–७ दुवाचौर चिहानडाँडाकी २३ बर्षिया अनिता तामाङलाई उद्वार गरिएको हो । जेठ १४ डाक्टरले मिति दिइएकोमा आजसम्म सुत्केरी नभएको र अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि लगिएको वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको समन्वय र हामी नेपाली नामक संस्थाको सहयोगमा कैलाश एयरमार्फत उनको उद्वार गरिएको हो । तस्वीरः देवराज सुवेदी, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै