मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान
मनोरञ्जन

कलाकार निशालाई राष्ट्रिय संगीतकर्मी संघको आर्थिक सहयोग अभियान

काठमाडौं, ३ असार । राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु गरेको छ । संघले बिहिबार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल पुगेर आर्थिक सहयोग प्रदान गरेको छ । संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिब बिक्रम जँग शाह सहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकारले निशाका बुबा प्रेमप्रसाद घिमिरेलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

संघको बिपत व्यबस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिब शाहले निशा घिमिरे सो संघकी सदस्य रहेको बताए । सोही कारण निशाको उपचारको खर्च सँकलनका लागि आफूहरुले पहल सुरु गरेको शाहले बताएका छन् । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा बिगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको पनि शाहले जानकारी गराए ।

निशालाई आर्थिक सहयोग गर्न समिति नै गठन गरिएको जानकारी गराउँदै महासचिब शाहले भने,‘४ हजार भन्दा बढी सदस्य रहेको हाम्रो संघको ७बmउस४ जिल्लामा शाखा रहेको छ । ती शाखाहरुबाट के कती सकिन्छ, निशाको उपचार र उपचारको क्रममा बिगतमा परिवारलाई परेको ऋणभारलाई कम गर्न पनि हामीले आर्थिक सँकलन पहल सुरु गरेका हौं ।’ यसै गरी दुई वर्ष अघि पनि निशालाई आफूहरुले ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरेको पनि शाहले स्मरण गराए ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार