मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ
मनोरञ्जन

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

काठमाडौं, ३ असार । काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो नया गजल (गीत) अँधेरीमा थिएँ म…को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ ।

यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र संगीत सँयोजन पनि सुवर्ण कुमारकै रहेको छ । यो गीत निकै मिठो बनेको छ । भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायाँकार रामशरण उप्रेती, सम्पादक सुरेश कुमार राउत रहेका छन् । गीतको भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।

यसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, दीपक लामगाडेको सेट डिजाईन, श्याम बरालको सृँगार रहेको छ । कथा अनुसार आफुले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि ती युवतीले आत्महत्या गरेको कथा यसमा प्रस्तुत गरिएको छ । जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै