शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • पहिलो शिशुको जन्मेको अवसरमा नेपाल सरकारले तोकेको सहयोग
स्वास्थ्य

पहिलो शिशुको जन्मेको अवसरमा नेपाल सरकारले तोकेको सहयोग

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ । गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताउनुभयो ।

जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गर्नुभयो ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार